रोग ठिक पार्छु भन्दै पास्टरले गरे अनुयायीमाथि पटक-पटक बलात्कार

मनिषा थापा

पिएनपिखबर : ललितपुरका एक पास्टरलाई आफ्नै अनुयायी बलात्कार गरिएको अभियोगमा प्रहरीले पक्राउ गरेको छ। ललितपुर कुसुन्ती बस्ने विरामी अनुयायीलाई रोग ठिक हुने भन्दै पटक-पटक पास्टरले बलात्कार गरेको उजुरी दिएपछि एक चर्चका पास्टर ध्रूव बाबु जोशी पक्राउ परेका हुन्।

रोग निको हुने आशले धेरै धामीझाक्री अस्पताल धाउँदा पनि ठिक नभएपछि पास्टरले ठिक पार्ने कुरा पिडित महिलाले सुनेकी थिइन्। त्यसपछि उनी पास्टर काहाँ पुगिन। पाष्टरले भने उनको सोझोपनको फाइदा उठाई बलात्कार गरेको ती महिलाको आरोप छ।

धर्मको आस्थामा नै खलल पुर्याउने गरी नहुने कुरामा विश्वास दिलाएर ती महिलामाथि यौनशोषण गरेको अनुसन्धानले देखाएको ललितपुरका प्रहरी नायव निरिक्षक सन्तोष तामाङले बताए। उनले भने, ‘ती पास्टरले रोगबाट पिडित भएकी महिलालाई शारीरिक सम्पर्क गर्नाले रोग ठिक हुन्छ भन्दै धार्मिक आस्थाबाटै विश्वास उठ्ने काम गरे। हामी अझै अनुसन्धान मै छौ।’

पछिल्लो समय धर्मको नाममा यौन शोषण गरेको घटनाहरु दिनानुदिन बाहिरिएको छ। केहि दिन अघि मात्रै धर्मगुरुबाट प्र्खाय्त सिद्दबाबाले पनि आफ्नै आनुयायीलाई बलात्कार गरेको अभियोगमा पक्राउ परि धरौटीमा छुटेका थिए। यस्ता धर्मको नाममा गलत कार्य भईरहँदा मानिसहरुको धार्मिक आस्थामाथि नै ठुलो खलल पुग्ने देखिन्छ।

हेर्नुहोस भिडियो :

 

प्रतिक्रिया

सम्बन्धित समाचारहरू