रोग र भोकबाट जनतालाई जोगाउन सरकार प्रतिबद्ध

राष्ट्रिय समाचार समिति

काठमाडौँ, १२ जेठ: प्रधानमन्त्री केपी शर्मा ओलीले रोग र भोकबाट जनतालाई जोगाउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । राष्ट्रका नाममा आज सम्बोधन गर्नुहुँदै उहाँले यो महामारीबाट बाहिर निस्कनका लागि सरकारले आवश्यक कार्य गरिरहेको बताउनुभयो ।

महामारीको सामना गर्न सबै सरकारी निकाय तयारी अवस्थामा रहेको उहाँले बताउनुभयो । क्वारेन्टिन थप व्यवस्थित बनाउँदै लैजाने पनि उहाँको भनाइ छ । नेपालले ६२ दिनदेखि बन्दाबन्दी कोरोनाविरुद्ध लडिरहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले अझै केही समय लड्नुपर्ने देखिएको छ ।”

सरकार नागरिकप्रति संवेदनशील रहेको उहाँले बताउनुभयो । सरकारले परीक्षणको दायरा बढाउने क्रममा पहिले एक प्रयोगशालाबाट अहिले २० वटा विस्तार गरेको उहाँले जानकारी दिनुभयो । उहाँले जनस्तरमा पारस्परिक सहयोगमा मात्रै कोरोनालाई जित्न सकिने बताउनुभयो । उहाँले भन्नुभयो, “यो सङ्क्रमण अझै केही समय रहने हुँदा अहिले सबै मिलेर लाग्दा मात्रै महामारीलाई जित्न सकिन्छ ।”

प्रतिक्रिया