रोनाल्डोलाई कोरोना संक्रमण

admin

एजेन्सी : फुटबल स्टार क्रिश्चियानो रोनाल्डोलाई कोरोना पोजिटिभ भएको छ । कोरोना भाइरसको परीक्षण गर्दा रोनाल्डोलाई पोजिटिभ देखिएको समाचार यूकेस्थित डेली मेलको अनलाइन भर्सनले जनाएको छ ।

उक्त अनलाइनले भनेको छ, क्रिश्चियानो रोनाल्डोले कोरोना भाइरसको परीक्षण गराएको र नतिजा पोजिटिभ आएको छ । स्पेन र फ्रान्सविरुद्ध राष्ट्रिय टोली पोर्चुगलबाट खेलेको भोलिपल्ट गरिएको परीक्षणमा रोनाल्डोलाई संक्रमण देखिएको हो ।

कोरोना पोजिटिभ देखिएलगत्तै उनले टिमबाट बाहिरिएको र बुधबार स्वीडेनसँगको खेल पनि छुटाउनु पर्ने भएको जनाइएको छ ।

३५ वर्षीय स्टार खेलाडी रोनाल्डोले खेलका क्रममा टिमका साथिहरुसँग फोटो खिचाएकाले अरुलाई पनि संक्रमण भयो कि भन्ने त्रास बढेको छ । कुनै लक्षण नदेखिएका उनी अहिले सेल्फ आइसोलेसनमा रहेका छन् ।

प्रतिक्रिया