काभ्रेको रोशी खोलामा टिपर खस्यो, १ जनाको मृ’त्यु

admin

कभ्रे : रोशी खोलामा टिपर खस्दा एक जनाको मृ’त्यु भएको छ । अन्य दुई जना घाइते भएका छन् । बीपी राजमार्ग अन्तर्गत काभ्रेको रोशी गाउँपालिका वडा नम्बर ९ पिन्थलीबेँशी बुद्धबजारबाट टिपर रोशी खोलामा खसेको थियो ।

घा’इते भएका मध्य एक जनाको मृ’त्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी हरि खतिवडाले जानकारी दिनुभयो । डिएसपी खतिवडाका अनुसार रामेछापको सुनापती गाउँपालिका वडा नम्बर ५ का यसमने मगरको उपचारको क्रममा मृ त्यु भएको हो ।

नार्के बजार तर्फबाट मंगलटार तर्फ गईरहेको बा ५ ख ४७०२ नम्बरको टिपर सडकको बायाँ तर्फबाट अनियन्त्रित भई सडकबाट रोशी खोलामा खसेको हो ।

२ जना घाइतेको धुलिखेल अस्पतालमै उपचार भैरहेको छ । चालक रोशी गाउँपालिका वडा नम्बर ९ घर भएका ३६ बर्षीय कृष्ण बहादुर राना मगरको दाहिने खुट्टामा चोट लागेको ईलाका प्र’हरी कार्यालय मंगलटारले जनाएको छ । त्यस्तै सोहि वडाका २७ बर्षीय अनिष मगरको पेटमा चोट रहेको बताईएको छ ।

प्रतिक्रिया