प्रहरी र आपराधिक समूहबीच गोली हानाहान, एक जना घाईते

admin

रौतहट, १५ माघ : प्रहरी र अपराधिक समुहबीच गोली हानाहान भएको छ । फिरौतीका लागि नेपाल प्रवेश गर्न लागेको भनिएका एक आपराधिक समूहबीच रौतहटमा गोली हानाहान हुँदा आपराधिक समूहका १ जना गोली लागेर घाइते भएका छन् । जिल्लाको इशनाथ नगरपालिका–१ स्थित बकैया नदीको बाधनजिकै मंगलबार राति १२ः३० बजे प्रहरी र आपराधिक समूहबीच गोली हानाहान भएको हो ।

फाइल फोटो

घटनामा प्रहरीको गोली लागेर आपराधिक समूहका २० वर्षीय चाद अली घाइते भएको जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी रबीराज खड्काले बताएका छन् ।आपराधिक समूह भारत हुदै नेपाल प्रवेश गर्न लागेको सूचना पाएपछि प्रहरी टोली नेपाल–भारत सिमानामा पुगेको थियो । प्रहरीका अनुसार, मोटरसाइकलमा आएका ३ जनालाई प्रहरीले रोक्न खोजेपछि गस्ती टोलीमाथि फायरिङ भएको थियो ।

यही क्रममा आत्मरक्षाका लागि गोली चलाउदा चाद घाइते भएको जिल्ला प्रहरी कार्यालय, रौतहटले जनाएको छ । घाइते चादको दाहिने घुडामुनि गोली लागेको छ । घाइते चादको हाल गौर सरकारी अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया