र्यापबाटै राजनीति देखि गाँजासम्मको प्रहार गर्छन र्यापर साइमन विष्ट (भिडियो)

मनिषा थापा

पिएनपिखबर : आजको युगलाई आधुनिक युग भनिन्छ। आधुनिकतालाई पछ्याउदै लम्किरहेको समाजका युवापुस्ताहरुले पप र र्यापजस्ता गीतहरु निकै रुचाउने गरेका छन्। अहिले त र्याप गीतहरु सामाजिक संजाल युट्युबको ट्रेंडिंग मै आउने गर्छ। र्याप गाएर हिट भएका नेपालका नामी र्यापरहरु मध्य यम बुद्ध, लाउरे, भिटेन आदि पर्छन।

यम बुद्ध एक बहुचर्चित र्यापर थिए। तर उनी अहिले हामीमाझ छैनन्। आजभन्दा २ वर्ष अगाडि र्‍यापर यम बुद्धले आफ्नो परिवार र शुभचिन्तकलाई आँशुमा डुबाएर संसार छोडे । उनको फ्यान अगन्य संख्यामा छन्। ती मध्य एक हुन् साइमन विष्ट जसको भविष्यमा ठुलो र्यापर बन्ने चाहाना छ। यमबुद्धबाटै प्रभावित भएर उनमा र्यापर बन्ने चाहना जागृत भयो।

उनी सानै देखि कविता लेख्ने गर्थे। उनका बाबु र आमा नै शिक्षक भएका कारण कविता लेख्नमा उनलाई निकै साथ र सहयोग मिल्थ्यो। आफ्नो कवितालाई विस्तारै उनले र्यापमा ढाले। १५ वर्षीय साइमन विस्टले आफ्नो नाम भाइभर साइमन राखेका छन्। १८ वर्षीय विष्टले सामाजिक, राजनीतिक, लागू पदार्थ दुर्व्यसन, मनोरन्जन र समसामयिक विषय वस्तुलाई समेटेर र्याप रच्ने गर्छन। उनको पहिलो र्याप थियो ‘समाज’ जसको प्रतिक्रिया राम्रो पाएको उनी बताउछन।

प्राय र्यापमा प्रयोग गरिने अस्लिल शब्दले गर्दा पनि हुनसक्छ समाजमा र्याप नरुचाउने व्यक्तिहरु पनि धेरै छन्। यसै विषयमा बोल्दै भाइबर साइमन भन्छन, ‘र्यापमा अश्लिल शब्द कतै राख्दा राम्रो सुनिन्छ र युवापुस्ताले पनि रुचाएका छन्। तर हाल्ने पर्छ भन्ने चाहिँ हैन।’

हेर्नुहोस भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू