लकडाउनमा खटिने प्रहरीको गोली लागेर मृत्यु

admin

स्याङ्जा, १५ चैत : कोरोनाभाइरसबाट बच्न सरकारले गरेको लकडाउनमा खटिने प्रहरीको गोली लागेर मृत्यु भएको छ । हरिनास गाउँपालिकास्थित मग्याम चिसापानी इलाका प्रहरी कार्यालयमा कार्यरत ३६ वर्षीय रविन्द्र पौडेल हतियार व्यवस्थापनकाक्रममा गोली लागेर घाइते भएका थिए ।

मणिपाल अस्पतालमा उपचारका क्रममा पौडेलको निधन भएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्ले जानकारी दिए ।

शुक्रबार दिउँसो करिब १ बजेतिर इलाका प्रहरी चौकीको हतियार व्यवस्थापन शाखामा कार्यरत उनको अचानक गोली पड्केर लागेको हो । यो समाचार आजको राजधानी दैनिकमा श्रीकृष्ण सिग्देलले लेखेका छन् ।

प्रतिक्रिया