लकडाउनमा मनको स्याहारसुसार कसरी गर्ने ?

अस्मिता बेल्बासे
  • गोपाल ढकाल मनोविद,
    मार्क नेपाल मनोसेवा केन्द्र

काठमाडौं, कोरोनाको संक्रमण नफैँलियोस भनेर नेपालमा पनि लकडाउन अर्थात् बन्दाबन्दी गरिएकोछ । रोगको महामारी हुँदा शारिरिक स्वास्थ्यमा असर पर्ने त हुनेनै भयो । साथै मानसिक स्वास्थ्य समस्याको जोखिम पनि बढेर जान्छ । शरीर र मन एक अर्काका परिपुरक हुन् । शरिरमा समस्या आउँदा मनमा पनि असर पर्छ । साथै मनमा समस्या आउँदा शरिरिक ल’क्षणहरु पनि देखिन सक्छन् ।

लकडाउनको समयमा सेल्फ क्वारेन्टाइन वा सेल्फ आईसोलेसनमा बस्दा आफ्नो मानसिक स्वास्थ्यमा पनि विशेष ध्यान पुर्‍याउनुपर्छ । अन्यथा आफ्नो मनको स्याहार सुसारमा ख्याल नपुर्‍याउँदा मनोसामाजिक समस्या वा मनोरोगको जोखिम बढछ । प्राकृतिक विपत्ति वा प्रकोपहरु पर्दा, कोरोना भाइरसले रोग व्याधि फैँलिदा वा मानव सूर्जित ठुला ठुला घ’टनाहरुले स्वभावैले मनोवैज्ञानिक वा मानसिक रोग समेत स्वभावैले बढेर जान्छ ।

को‍नोनाको प्रकोप जस्ता घ’टनाहरुले स्वभावैले मानिसको मनमा चोट पुर्‍याउँछ । मनमा असरहरु देखिन थाल्छन् । यसलाई असहज अवस्थामा देखिने स्वभाविक प्रतिक्रियाको रुपमा लिईन्छ । धेरैको लागि यस्ता असरहरु अस्थाई हुन्छ । समय बित्दै गएपछि ढिलो चाड‍ो प्राय धेरै जसो मानसिहरु आफै पूर्व अवस्थामा फर्कन सक्छन् । केहीलाई भने पूर्व अवस्थामा फर्कन गार्हो पनि पर्न सक्छ । विज्ञको सहयोग पनि चाहिन सक्छ ।

कोरोनाको असरले ल्याउन सक्ने मानसिक स्वास्थ्य समस्या
१. एन्जाईटी – विभिन्न किसिमका डर, चिन्ता जन्य समस्याहरु
२. डिप्रेसन – दिक्दारिपन तथा आ’त्मह’त्याको सोचाई वा प्रयास
३. मानसिक आ’घात – पि’डादायिक घ’टना पछि उत्पन्न हुने एक किसिमको मानसिक रोग
४. प्यानिक अट्याक – एक्कासि बिना कारण उत्पन्न हुने अ’त्याधिक त्रा’स 
५. समायोजनको समस्या – परिस्थितिसँग जुझ्न नसकिरहेको अवस्था ।
६. अब्सेसिभ कम्पल्सिभ डिसअडर्स – एउटै सोच वा विचार आइरहने तथा एउटै कार्य लगातार धेरै पटक दोहोर्‍याई रहने मानसिक रोग ।
७. जाँ’ड र’क्सि , ला’गू’प्रदा’र्थको लत ।
८. कन्भर्सन डिसअडर्स – डर, त्रास , तनावको कारणले देखिने मनोवैज्ञानिक समस्या ।
९. एक्युट स्टेस डिसअडर्स – तत्कालै देखा पर्ने अन्य तनावजन्य समस्या ।

संकटको बेला मनमा पर्ने असर भने व्यक्ति पिच्छे फरक फरक हुनसक्छ । कसलाई कति असर पर्छ भन्ने कुरा व्यक्तिको उमेर, लिङ, स्वंय व्यक्तिको शारीरिक, मानसिक अवस्था, व्यक्तित्व, परिस्थितिसँग जुझ्ने ज्ञान, सीप, मानसिक क्षमता, अनुभव, तनाव व्यवस्थापनको तौरतरिका, दैनिक जीवन शैली, व्यक्तिले प्राप्त गरेको सहयोग जस्ता कुरामा भरपर्छ ।

विपतिको बेला कतिपय मानिसले संयमिता गुमाउन पनि सक्छन् । उनीहरुले समस्यासँग जुझ्न गलत उपाय वा तरिका अपनाइ रहेका हुन पनि सक्छन् । नचाँहदा नचाँहदै नकारात्मक क्रियाकलाप गरिरहेका हुनसक्छन्।

विपतिमा सबैले आफूलाई समाल्न सक्छन् भन्ने पनि हुँदैन । उनिहरुलाई सहयोगको जरुरत पर्दछ ।
प्रकोपको मानसिक असर लामो समय सम्म नरहोस तथा मनोसामाजिक समस्या वा मानसिक रोगको जोखिम नबढोस् भन्नका लागि भावनात्मक सहयोगको जरुरत पर्दछ।

विपतिको बेला व्यक्तिको मनमा देखा पर्ने त्रास, भय, छटपटि, मानसिक अशान्ति, नैरस्यता र यसको कारण आउन सक्ने व्यवहारजन्य ग’डबडीलाई व्यवस्थापन गर्ने दिईने सबै प्रकारका व्यवहारिक र भावनात्मक सहयोग नै प्राथमिक मनोवैज्ञानिक सहयोग हो । प्राथमिक मनोवैज्ञानिक सहयोग पाउदा व्यक्तिको मनमा शान्ति, स्थिरता आउँछ । तनाव व्यवस्थापन गर्न सहयोग मिल्छ । दैनिक जीवनमा पर्किन सजिलो हुन्छ ।

कोरोनाको संक्रमण बढेको बेला स्वंय व्यक्तिले आफ्न‍ो शारीरिक स्वास्थ्यको ख्याल गर्नुका साथै मनक‍ो स्याहारसुसारमा पनि विशेष ध्यान दिनु जरुरी हुन्छ । जसलाई सो हेरचाह भनिन्छ ।

आफ्नो मनको स्याहारसुसार कसरी गर्ने ?
१. करोनाको संक्रमणबाट ज‍ोगिन लकडाउनको पूर्ण पालना गर्नुपर्छ । सरसफाइमा ध्यान दिनु पर्छ । सेल्फ क्वारेन्टाइनमा बस्दा र सुरक्षाका उपायहरु अपनाउदा मन ढुक्क हुन्छ । यसले डर, त्रा’स, भय, चिन्ता धेरै कम भएर जान्छ । आफू स्वास्थ छु भन्ने आत्मबल बढछ।

२. फुर्सदको बेला मानसिक तनाव नहोस भनेर समय व्यवस्थापन गर्नु जरुरी हुन्छ । दैनिक कार्य तालिका बनाएर आफ्नो दिन चर्यालाई सन्तुलित बनाउन सकिन्छ । आफूलाई व्यस्त तथा सक्रिय राख्न सकिन्छ । यसो गर्नाले मनमा कोरोना सम्बन्धि कुरा खेल्न पाउँदैन । नत्र जति बेला पनि कोरोनातिर ध्यान गई त्रास बढन सक्छ ।

३. कोरोनाको जोखिमबाट जोखिन सत्य तथ्य जानकारी त लिने तर अति सतर्क हुने, चाहिने भन्दा बढि जानकारी लिन खोज्ने, समचार पटक पटक हेरि रहने जस्ता व्यवहार गर्नु हुँदैन ।

४. सामाजिक सञ्जाल, इन्टरनेट चलाएर बस्ने भन्दा आफ्नो रुचिको काम गरेर समय बिताउँन सकिन्छ । परिवारसँग कुराकानी गर्ने, खेल खेल्न, किताब पढ्ने, लेख्ने, मनोरञ्जन गर्ने, रमाईला र ज्ञान वर्द्धक फिल्म हेर्ने गर्न सकिन्छ । घरयासी काममा समय दिन सकिन्छ ।

५. तनाव कम गर्न शारीरिक व्यायम, योग, मेडिटेसन, श्वास प्रस्वासको व्यायम, ध्यान केन्द्रीत गर्ने अभ्यास तथा अन्य आरमदायी अभ्यासले ठूलो मदत पुर्‍याउँछ । तनावको बेला पर्याप्त निदाउनु पनि जरुरी हुन्छ ।

६. तनावको बेला सजिलैसँग पच्ने तथा पोषण युक्त आहार खानुपर्छ । जाँ’डर’क्सी तथा ला’गु’पदा’र्थको सेवनले त झनै समस्या तथा तनाव बढाँउछ ।

प्रतिक्रिया