लकडाउनले भोकै हुनुहुन्छ ? यहाँ पाइन्छ निशुल्क प्याकिङ्ग खाना (भिडियो सहित)

admin

दर्शकबृन्दहरु यो दृश्य हेर्नुस ! दर्जनौका संख्यामा खटिएका यी स्वयम् सेवकहरु कुनै होटेलको लागि खाना प्याकिङ गरिरहेका छैनन्।

यिनीहरु त रोगले भन्दा पनि भोकले कोहि मर्नु नपरोस भनेर देशमा आइलागेको यो बिषम परिस्थितिमा मजदुरहरुलाई घरमै लगेर खान मिल्ने गरि खाना प्याकिङ गरिरहेका छन्।

कोरोना भाइरस कोभिड १९ को त्रासले हुँदा खाने मात्र हैन हुने खाने वर्ग समेत आक्रान्त बनिरहेको अवस्थामा काठमाडौँ महानगरपालिका वडा न ३२ का युवा समाजसेवीहरु मिलेर पेसिकोलामा प्रत्येक दिन ७०० भन्दा बढी मजदुरहरुलाई दैनिक यसरी नै खाना खुवाईरहेका छन्।

स्वस्फुर्त रुपमा खटिएका युवाहरुले सिनामंगल युथ क्लब, प्लाइङ्ग ब्वाइज, सेती ओपी युथ कलप समाज सुधार युवा क्लब, सरस्वोती क्लब, सामाजिक युवा क्लब, जस्ता विभिन्न संस्थाहरुको मद्दतमा दैनिक घरमै लगेर खान मिल्ने गरि प्याकिङ खानाको ब्यवस्था गरेका हुन् ।

पैसा भन्दा पनि स्वविवेकले दिएको सरसामान र स्वयमसेवकहरुको श्रमदानद्वारा यो कार्य सफल भएको सिनामंगल युथ क्लबका अभियान्ता विनायक लामिछानेले बताएका छन् ।

यसरि घरमै लगेर खाने ब्यवस्था गरिएपछि बिपन्न वर्ग मात्र हैन सम्पन्न वर्ग समेत यहाँ खाना खान आउने गरेको उनले बताए । विपतको यो घडीमा मानवीय कार्यमा सहयोग गर्नुहुने सम्पूर्ण सहृदयी मनहरुलाई हामी हृदय देखि नमन गर्दछौं।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू