लक्षु प्रकाश मल्लको ‘म वियोगमा बाँचीरहेँ’ नामक गीत विश्व किर्तीमानी कायम गर्न सफल

admin

काठमाडौं, ३ फागुन : लक्षु प्रकाश मल्लको ‘म वियोगमा बाँचीरहेँ’ नामक गीतले नेपाल तथा विश्वमै नयाँ किर्तीमानी कायम गर्न सफल भएको छ । ई–क्रोमेटिक स्केलमा संगीत विद्याको १२ वटै शुर प्रयोग गरेर गीत बनाइएको हो । संगीतले नयाँ किर्तीमान कायम गरेर एभरेष्ट विश्व रेर्कडको सर्टिफिकेट समेत प्राप्त गर्न सफल भएको कुरा शनिबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मलेनमार्फत जानकारी गराईएको छ ।


‘म वियोगमा बाँचीरहेँ’ संगीतले विश्व रेर्कड कायम गरेर नेपाली कलाक्षेत्रलाई अन्तराष्ट्रियस्तरमा चिनाउन सफल भएको जानकारी दिइएको छ । गीतमा संगीत लक्षु प्रकाश मल्लको रहेको छ भने सो गीतमा गीतकार डा. दलिप कुमार मल्लको रहेको छ । मल्ले संगीत काठमाडौंको पुतलीसडकस्थित् बिग परीवेश रेकर्डिङ स्टुडियोमा रेकर्डिङ भएको जानकारी समेत गराएका छन् ।

गायक, संगीतकार तथा संगीत संयोजक लक्षु प्रकास मल्ल वि.स.२०५९ सालदेखि कलाक्षेत्रमा निरन्रत सक्रिय छन् । उनले अहिलेसम्म दुई दर्जनभन्दा बढि गीतमा स्वर÷शब्द÷संगीत भरिसकेका छन् । सो कार्यक्रमको सभापति समेत गरेका गीतकार साहित्यकार डा. दलिपकुमार मल्लले समग्रमा सो गीतलाई शुभकामना व्यक्त गरेका छन् । संगीतले आगामी दिनमा नयाँ उचाई कायम गर्ने प्रतिबद्वता मल्लले व्यक्त गरेका छन् ।

संगीतले नयाँ किर्तीमान कायम गरेकोमा उनी निकै उत्साहित भएको व्यक्त गर्नुका साथै संगीत नेपाली समाजमा निकै लोकप्रिय हुनेसमेत विश्वास व्यक्त गरेका छन् । त्यसैगरी कार्यक्रममा अग्रज गायिका देवी हमालले सो संगीतले नयाँ किर्तीमान हासिल गरेकोमा शुभकामना व्यक्त गरेकी छिन् । यस संगीतबाट नेपाली कलाक्षेत्रमा नयाँ उत्साह ल्याउने समेत जनाएकी छिन् ।

त्यसैगरि कार्यक्रममा वरिष्ठ संचारकर्मी तथा कलाकार सुदर्शन आर्चायले सो संगीतलाई शुभकामना दिदैँँ आगामी दिनमा सो संगीतले नयाँ उचाई हासिल गर्ने बताएका छन् । सो संगीत नेपाली समाजमा निकै लोकप्रिय हुनेसमेत उनले जनाएका छन् । कार्यंक्रममा प्रमुख अतिथि वरिष्ठ संगीतकार राजु सिंह, विशेष अतिथिसमेत रहेका संगीतकार नरहरि प्रेमीले गीतको समालोचना गरेका थिए ।

स्टार म्युजिक सेन्टर प्रा.ली. को आयोजना रहेको सो कार्यक्रमको सचालन संचारकर्मी राजकुमार रायमाझीले गरेका थिए भने मिडिया संयोजकको रुपमा पत्रकार प्रकाश बराईली “अभिव्यक्ति” रहेका थिए । कार्यक्रममा प्रमुख अतिथि समेत रहेका वरिष्ठ संगीतकार राजु सिंहको हातबाट एभरेष्ट वल्र्ड रेकर्डको सर्टिफिकेट संगीतकार लक्षु प्रकास मल्लले ग्रहण गरे । एभरेष्ट वल्र्ड रेकर्डको सर्टिफिकेट ग्रहण गरिसकेपश्चात लक्षुप्रकाश मल्लले नेपाली सांगीतीक क्षेत्रलाई अझ थप उचाँईमा पुर्याउनका लागि आफ्नो तर्फबाट सक्दो योगदान रहने विश्वास समेत व्यक्त गरेका छन् ।

प्रतिक्रिया