लगातार घटेको सुनचाँदीको मूल्य आज बढ्यो, कारोबार कतिमा ?

admin

काठमाडौं, १७ फागुन : लगातार घटेको सुनको मूल्य सोमबार भने बढेको छ । सोमबार तोलामा ४ सय रुपैयाँले बढेर सुन ८८ हजार ७ सय रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । आइतबार तोलामा सुनको मूल्य ८८ हजार ३ सय रुपैयाँ थियो ।

यस्तै, महासंघका अनुसार सोमबार तेजाबी सुन तोलामा ८८ हजार २५० रुपैयाँमा कारोबार भएको छ । यसैगरी सोमबार चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले बढेर १३ सय ३० रुपैयाँमा पुगेको छ । आइतबार चाँदी तोलामा १३ सय २५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया