लगातार झरीको कारण आन्तरिक उडान प्रभावित, धेरैजसो उडान रद्द

admin

काठमाडौं, १३ भाद्र : देशका धेरैजसो ठाउँमा परिरहेको झरीले आन्तरिक उडान प्रभावित भएको छ । त्रिभुवन विमानस्थलका अनुसार काठमाडौंबाट हुने कुनै पनि उडान समयमा भएका छैनन् । भरतपुर, भैरहवा, नेपालगञ्ज लगायतका ठाउँमा हुने उडानमा ढिलाइ भएको छ ।

भरतपुरमा बिहान रोकिएको उडान अहिले ढिला गरी सुरु भएको छ । काठमाडौंबाट पोखराको लागि हुने एउटा पनि उडान हुन सकेको छैन । विमानस्थल कार्यालयका अनुसार बिहान पोखराका लागि तय भएका उडान एअरलाइन्स कम्पनीले रद्द गरेका छन् ।

मौसममा सुधार भएमा पोखराको लागि बेलुकाका उडान भने सञ्चालन हुन सक्ने कार्यालयले जनाएको छ । खराब मौसमका कारण हिजो र अस्ति पनि आन्तरिक उडान प्रभावित भएको थियो । आन्तरिक उडान प्रभावित भए पनि अन्तर्राष्ट्रिय उडान भने समयमै भइरहेको विमानस्थल कार्यालयले जनाएको छ ।

प्रतिक्रिया