लता मंगेशकरको निधनको अफवाह प्रति परिवारको गम्भीर आपत्ति

मनिषा थापा

पिएनपिखबर : भारतको वरिष्ठ गायिका लता मंगेशकरको परिवारले उनी स्वस्थ रहेको बताउदै आए पनि सामाजिक संजालमा भने निरन्तर उनको निधनको अफवाह फैलिरहेको छ। उनको परिवारजनले सामाजिक संजालमा गलत समाचार फैलाएको भन्दै आपत्ति जनाएको छ।

उनको परिवारले एक मिडियालाई बताउदै भने, ‘अफवाह फैलाएको छ, तर लत्ताजीको स्वास्थ्य अब ठिक हुँदै छ। डाक्टरले उनीहरुको ख्याल राखिरहेका छन्। लत्ता जीलाई सम्मान गर्नुहोस, अफ़वाह नफैलाउन आग्रह गर्दछौ।’

यति मात्र हैन, लता मंगेशकरको टिमले पनि उनको स्वास्थ्य बारे जानकारी गराएका छन्। उनको स्वास्थ्यमा सुधार आइरहेको खबर छ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू