“लभ स्टेशन” २७ लाखमा अष्ट्रेलिया बिक्री

शर्मिला गुरुङ

काठमाडौं १ चैत : चलचित्र लिली बिलीबाट निकै रुचाईएका जोडी अभिनेता प्रदीप खड्का र अभिनेत्री जसिता गुरुङ अभिनित चलचित्र “लभ स्टेशन” बिदेश प्रदर्शनको लागि पनि धमाधम बिक्री सुरु भएको छ । यो चलचित्रको ट्रेलर रिलिजपछि यसले पाएको चर्चासँगै बिदेशमा फिल्म प्रदर्शनका लागि खरिद कार्य सुरु भएको हो ।

नयाँ वर्षको अबसर पारेर आगामी २२ चैतबाट देशव्यापी प्रदर्शनमा आउँने चलचित्र लभ स्टेशनलाई सोही छेको पारेर बिदेशमा पनि प्रदर्शनको तयारी हुँदैछ ।
यसै क्रममा लभ स्टेशन चलचित्रलाई आधिकारिक रुपमा अष्ट्रेलियामा प्रदर्शनका लागि गोर्खा इन्टरट्रेनमेन्टले किनेको छ । लभ स्टेशनलाई अष्ट्रेलियाको लागि २७ लाख रुपैयाँमा गोर्खा इन्टरट्रेनमेन्टले खरिद गरेको यो चलचित्रका प्रस्तुतकर्ता गोविन्द शाहीले जानकारी गराएका छन् । जापान लगायतका मुलुकबाट पनि चलचित्र प्रदर्शनका लागि कुराकानी भईरहेको पनि उनले बताए ।

लभ स्टेशनको ट्रेलर दर्शकले साह्रै मन पराएका छन् । यो ट्रेलर एक सातादेखि युटयुब नेपालमा ट्रेनडिङमा रहँदै आएको छ । चलचित्र “लभ स्टेशन”लाई अग्रज निर्देशक उज्ज्वल घिमिरेले निर्देशन गरेका हुन् । यसमा प्रदीप र जसितासँगै रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, बिनोद कुमार पौड्याल, प्रिया रिजाल, सरु बिष्ट, रवी डंगोल, दिनेश काफ्ले, कालु रानासहितको अभिनय छ ।

आफ्नो फिल्म धेरै राम्रो बनेको र २२ चैतबाट दर्शकलाई “लभ स्टेशन”ले पूर्ण मनोरञ्जन दिने प्रस्तुतकर्ता शाहीले बताएका छन् । फिल्मलाई निर्देशक घिमिरे र सुवाससिंह बस्न्यातले लेखेका हुन् ।
“लभ स्टेशन”लाई काफिया फिल्मसको व्यानरमा काफिया शाही (क्रिसु) र कविरबिक्रम शाहीले निर्माण गरेका हुन् । आलोक शुक्लाको छायाँकन रहेको लभ स्टेशनमा बरिष्ट संगीतकार शम्भुजीत बासकोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत छ ।
यसमा लोकेश बज्राचार्य र अर्जुन जिसीको सम्पादन, एलिस कार्कीको पाश्र्व संगीत, शिशिर खातीको नृत्य निर्देशन, कुमार महर्जनको द्धन्द्ध निर्देशन, राजेन्द्र रावलको निर्माण व्यबस्थापन रहेको छ ।

प्रतिक्रिया