लमजुङमा बाढी: ३ जनाको मृत्यु, केही बेपत्ता

admin

काठमाडौं, साउन ८ : लमजुङको दोर्दीमा बाढीले बगाउँदा ३ जनाको मृत्यु भएको छ । दोर्दी गाउँपालिका ४ मा दोर्दी खोलाको बाढीले बगाउँदा ३ जनाको मृत्यु भएको र अन्य केही वेपत्ता भएको घटनास्थलतर्फ जाँदै गरेका लमजुङका प्रहरी निरीक्षक बसन्त पाण्डेले जानकारी दिए ।

मृत्यु हुने र बेपत्ता हुनेमा लिबर्टी जलविद्युत आयोजनामा कार्यरत कामदार पनि रहेका उनले बताए । गाउँदेखि माथि बाँझे भन्ने ठाउँमा खोला थुनिएर एक्कासी बाढी आउँदा मानवीय क्षति भएको प्रहरीको अनुमान छ ।

प्रतिक्रिया