ललितपुरका कप्तान कुशलसहित ११ खेलाडीलाई जरिवाना

admin

काठमाडौं, १५ असोज : ललितपुर प्याट्रियोट्सका कप्तान कुशल भुर्तेललाई एभरेष्ट प्रिमियर लिगमा बिराटनगरविरुद्धको खेलमा स्लो ओभर रेटमा जरिवाना लागेको छ ।

जसका कारण उनलाई खेलको १० प्रतिशत म्याच फी जरिवाना लगाइएको छ । यसका साथै अरु १० खेलाडीको दुई प्रतिशत म्याच फी जरिवाना लागेको छ ।
बिराटनगरविरुद्धको खेलमा दोस्रो पारीमा स्लो ओभर रेटमा बलिङ गरेको भन्दै सो जरिवाना लगाइएको हो ।

यसअघि विहिबार भएको चितवन टाइगर्स र काठमाडौं किंग्सको खेलमा चितवनका कप्तान सोमपाल कामीलाई पनि २५ प्रतिशत जरिवाना लगाइएको थियो ।

प्रतिक्रिया