ललितपुरका मेयरलाई कोरोना सङ्क्रमण

admin

ललितपुर, असोज ९ : ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । कोरोना सङ्क्रमण पुष्टि भएसँगै उहाँ होम आइसोलेशनमा बस्नुभएको ललितपुर महानगरपालिकाकी उपमेयर गीता सत्यालले उज्यालोलाई जानकारी दिनुभयो ।

बिहीबार दिउँसो ज्वरो आएकाे र औषधि प्रयोग गर्दासमेत ज्वरो कम नभएपछि मेयर महर्जनले स्वाब परीक्षणका लागि पाटन अस्पतालमा नमुना दिनुभएको थियो ।

शुक्रबार उहाँको रिपोर्ट पोजेटिभ आएको हो । मेयर महर्जनका परिवारका सदस्यको भने अब पाँच दिनपछि स्बाब परीक्षण गरिने जनाइएको छ ।

प्रतिक्रिया