ललितपुर देखि जनकपुरसम्मको चार दिने दौड कार्यक्रम सुरु

अस्मिता बेल्बासे

काठमाडौं, १ पुस : ललितपुर गोदावरी देखि जनकपुर धाम सम्मको चार दिने शान्ति दौड कार्यक्रम सुरु भएको छ । ‘म’दिरा मुक्त नेपाल घोषणा गरौं’ भन्ने मुल उद्देश्यका साथ ललितपुरको गोदावरी देखि जनकपुर धामसम्म राष्ट्रिय धावक राम सुन्दर कार्की चार दिने शान्ति दौड कार्यक्रम प्रस्थान भएका छन् ।

गोदावरी नगरपालिका १ कार्कीटारमा अवस्थित हनुमान मन्दिरमा औपचारिक कार्यक्रम गर्दै उक्त शान्ति दौडको शुरुवात गरिएको हो । कार्यक्रममा उपस्थित गोदावरी नगरपालिकाकी उपप्रमुख मुना अधिकारीद्वारा राष्ट्रिय झण्डा फहराएर र सिठ्ठी बजाएर औपचारिकरुपमा दौडको सुरुवात गरिएको थियो । कार्यक्रमा सामाजिक सन्जालका चर्चित पात्र पुण्य गौतम र नरनाथ गौतमको पनि उपस्थिति रहेको थियो ।

पौष १ गते बिहान ०७ः०० बजे गोदावरीबाट सुरु भएको दौड पौष ४ गते ‘रामजानकी विवाह पञ्चमी’मा जानकी मन्दिर दर्शन गरेर सम्पन्न हुनेछ । राष्ट्रिय धावक श्री राम सुन्दर कार्की नेपालको ७७ जिल्ला, भारत, भुटान लगाएतका विभिन्न ठाउँ दौडेरै पुगिसकेका छन् । ललितपुर-जनकपुर शान्ति दौड भने उनको दोस्रो दौड हो ।

नेपालकातर्फबाट ओलम्पिक खेल खेलिसकेका दौड प्रशिक्षक कृष्ण बस्नेतको प्रत्यक्ष निगरानीमा दौड सम्पन्न हुनेछ । शाकाहारी पार्टी नेपालका अध्यक्ष राधे खड्काको सम्योजकत्व शान्ति दौडको सम्पुर्ण व्यवस्थापनको कार्य हुनेछ । सबैले आ-आफ्नो ठाउँबाट धावकलाई सहयोग गर्न सकिने उनले जनाएका छन् ।

प्रतिक्रिया