ललिता निवास प्रकरण : गच्छदारको सम्पत्ति रोक्का

admin

काठमाडौं, कात्तिक ३ : बहुचर्चित ललिता निवास प्रकरणमा संलग्नको सम्पत्ति भाइरहेको छ । छानबिनका क्रममा पूर्वउपप्रधानमन्त्री एवम् नेपाली काँग्रेसका उपसभापति विजयकुमार गच्छदारको सम्पत्ति रोक्का गरिएको छ ।

सम्पत्ति शुद्धीकरण तथा अनुसन्धान विभागले काठमाडौँ, सुनसरी र मोरङमा रहेको उनको सम्पत्ति रोक्का गरेको हो । गच्छदारसहित ललिता निवास जग्गा प्रकरणमा संलग्नमाथि विभागले सम्पत्ति छानबिन गरिरहेको छ । उक्त

प्रकरणमा संलग्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातको यसअघि नै विभागले सम्पूर्ण सम्पत्ति रोक्का गरेको थियो । विभागले यसमा संलग्न पूर्वमन्त्री र कर्मचारीविरुद्ध छिट्टै मुद्दा दायर गर्ने तयारी गरेको स्रोतले जनायो । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

प्रतिक्रिया