‘लाऊ माया पिरती’ बोलको गीत सार्वजनिक (भिडियोसहित)

अस्मिता बेल्बासे

काठमाडौं, २५ साउन : ‘लाऊ माया पिरती’ बोलको नयाँ गीत सार्वजनिक गरिएको छ । शुक्रबार सार्वजनिक गीतमा गायक आनन्द कार्की र गायिका शान्ता खत्रीको आवाज सुन्न सकिन्छ ।

गीतको शब्द गायिका स्वयंमले लेखेकी हुन् भने रिमेश कुमारले संगीत भरेका छन् । भिडियोलाई मदन कश्यप घिमिरेले छायाँकन गरेका हुन् ।

लिगेश भट्टराईको निर्देशनमा तयार भिडियोमा मोडल दिनेश के.सी, निर्देशक लिगेश स्वयंमका साथमा मोडल ऋचा थापा, अस्मिता विश्वकर्माले मोडलिङ गरेका छन् ।

यो भिडियो हेर्नुस् ।

प्रतिक्रिया