ला’गुऔ’षधसहित दुई जना प’क्राउ

राष्ट्रिय समाचार समिति

सप्तरी, १९ असार : ला’गुऔ’षध ओसारपसार गरिरहेको आरोपमा प्र’हरीले दुई युवालाई प’क्राउ गरेको छ । राजगढ गाउँपालिका–२ बनैनियाबाट छिन्नमस्ता गाउँपालिका–४ लालापट्टीका २१ वर्षीय कृष्ण यादब र बोदे बर्साइन नगरपालिका–३ का २२ वर्षीय सुनिलकुमार यादव प’क्राउ परेको जिल्ला प्र’हरी कार्यालयले जनाएको छ ।

भारतबाट नेपालतर्फ आएको प्रदेश २–००१–००१ प ५३९४ नम्बरको मोटरसाइकल जाँच गर्दा अवैध ला’गुऔ’षधसहित उनीहरु प’क्राउ परेका जिल्ला प्र’हरी कार्यालयका प्र’हरी नायब उपरीक्षक तिलक भारतीले बताउनुभयो ।

सशस्त्र प्र’हरी बेस क्याम्प बनैनियाबाट खटिएको सशस्त्र प्र’हरी टोलीले मोटरसाइकल र ला’गुऔ’षध नियन्त्रणमा लिई आवश्यक कारवाहीका लागि प्र’हरी चौकी झुटकीको जिम्मा लगाएको छ । उनीहरुको साथबाट २२५ ट्याब्लेट नाइट्रजेपाम र एक सय मिलीलिटरको २० बोतल डाइलेक्स डीसी ब’रामद गरिएको छ ।

प्रतिक्रिया