लागुऔषधसहित दुई युवक पक्राउ

राष्ट्रिय समाचार समिति

लहान, ९ असोज: प्रतिबन्धित लागुऔषधसहित प्रहरीले सिरहाको नवराजपुर गाउँपालिका–४ बाट दुई युवकलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय झाझपट्टीबाट खटिएको गस्ती टोलीले लागुऔषधसहित लहान नगरपालिका–१ सिंहराहीका २४ वर्षीय दयाराम चौधरी र २० वर्षीय अजय चौधरीलाई पक्राउ गरेको हो ।


पक्राउ परेका दुवैको साथबाट नाइट्रोभेट ५९२ ट्याबलेट बरामद भएको र दुवैमाथि आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक अपिलराज बोहराले जानकारी दिनुभयो ।

प्रतिक्रिया