लागु औषध कारोबार गर्ने एक महिला पक्राउ

admin

चितवन, जेठ २६ : जिल्ला प्र’हरी कार्यालय चितवनले आगु औषध कारोबार गर्ने एक महिलालाई प’क्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका १६ घर भई हाल वडानम्वर २ आदर्शनगरमा डेरा गरी बस्ने बर्ष २५ की एलिसा कुँवर रहेकी छिन् ।

लागु औषध बिक्री बितरण गर्दै आईरहेको गोप्य सुचनाको आधारमा कुँवरको कोठा खानतलासी गर्दा प्रतिबन्धित लागुऔषध डाइजापाम ८४ एम्पुल, नुफ्रिन ८२ एम्पुल र फेनारगन ८१ एम्पुल गरी २४७ एम्पुल बरामद भएको प्रवक्ता प्र’हरी नायव उपरीक्षक सुर्य थापाले जानकारी दिनुभयो ।

भिभो कम्पनीको मोवाइल एक थान र नगद १७ हजार ५२५ रुपैयाँ समेत बरामद भएको र थप अनुसन्धान जारी रहेको थापाले जानकारी दिनुभयो ।

प्रतिक्रिया