लागूऔषधसहित दुई जना पक्राउ

admin

वीरगञ्ज, १९ मङ्सिर : लागूऔषधसहित सो कारोबारमा संलग्न दुईजनालाई आज पर्सा प्र हरीको टोलीले प क्रा उ गरेको छ ।

वीरगञ्ज महानगरपालिका–१५ लक्ष्मनवा राजु डिजल ग्यारेजबाट खैरो हिरोइन ओसारपोसारमा संलग्न दुईजनालाई प क्रा उ गरिएको हो ।

प क्रा उ पर्नेहरुमा वीरगञ्ज महानगरपालिका–१० बस्ने २६ वर्षीय रामबाबु ठाकुर र वीरगञ्ज महानगरपालिका–१० मुर्ली बस्ने २१ वर्षीय सहजाद मन्सुरी रहेका छन् ।

ना.५६ प ५४१७ नंको सेतो पल्सर मोटरसाइकलको ट्याङ्कीभित्र कालो प्लास्टिकले बेरिएर लुकाई राखिएको सात प्याकेट लागूऔषध खैरो हिरोइन प्लास्टिक अन्दाजी (३.५ ग्राम) प्र ह रीले बरामद गरेको थियो । रासस

प्रतिक्रिया