लालबहादुर भारतमा बेपत्ता

राष्ट्रिय समाचार समिति

बाजुरा, १७ भदौ: डीमालिका नगरपालिका–९ गैरीबजारका २४ वर्षीय लालबहादुर विक भारतको राजधानी नयाँ दिल्लीमा बेपत्ता भएका छन् ।

उपचारका लागि डेढ साता अघि जानु भएका विक सोमबारदेखि हराइरहेको उहाँका आफन्त रोहित चंदाराले जानकारी दिनुभयो । चंदाराका अनुसार खाजा खाने भनेर निस्किनु भएका विक त्यसयता सम्पर्कमा आउनु भएको छैन । खोजी गरे पनि कहिँकतै नभेटिएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया