लिपुलेकमै अनसन बस्दै के एन बस्याल

मनिषा थापा

पिएनपिखबर : भारतले नेपालको लिपुलेक, कालापानी, लिम्पीयाधुरा लगायतका नेपाली भूमी समेतलाई समेटी राजनितिक नक्सा सार्वजनिक गरेको विरोधमा के एन बस्याल अब लिपूलेक गएर अनसन बस्ने भएका छन् । विगत ५ दिन देखि अनशन बसेका उनी साहित् धेरै युवाहरु मंगलबार लिपुलेक तर्फ लागेका हुन्

सिमा मिचिएको भन्दै आन्दोलन गर्दै आएका अधिबक्ता स्वागत नेपालले भारतीय दुतावास अघि अनशन बस्दा पटक-पटक पक्राउ गरेको कारण लिपुलेकमा पुगेर निरन्तरता दिने बताए ।

‘हामीले कि भारतीय दुतावास कि सिमा मिचिएकै ठाउँमा अनशन बस्नुपर्छ, के एन बस्यालको स्वइच्छाले नै अनशन बसिरहनु भएको छ हामी एकिबद्द्ता मात्रै जनाएका हौ, ‘उनले भने। अनशन देखि विभिन्न सडक प्रदर्शन गरेर भारतलाई दबाब दिने खालको विरोध गर्ने उनले बताए।

अनशन बसिरहेका के एन बस्या ले सम्पूर्ण नेपालीलाई आमरण अनशनमा साथ र एकिबद्द्ता जनाउन आग्रह गरेका छन् ।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू