लिफ्ट दिएर अ’पहरण गरी सामूहिक ब’लात्कार, एक जना आरोपी प’क्राउ

admin

काठमाडौं, माघ १२ : प्र’हरीले अपहरण तथा शरीर ब’न्धक बनाइ सामूहिक ब’लात्कार गरेको आरोपमा एक जनालाई प’क्राउ गरेको छ। प्र’हरीले सिन्धुपाल्चोक जुगल गाउँपालिका-४ गुन्टे गाउँका २४ वर्षीय कैलाश भन्ने रोहन नेपालीलाई प’क्राउ गरेको हो।

महानगरीय अपरा’ध महाशाखाको टोलीले उनलाई कलंकीबाट प’क्राउ गरेको हो। उनलाई प’क्राउ गरी थप अनुसन्धानको लागि जिल्ला प्र’हरी कार्यालय सिन्धुपाल्चोक बुझाइएको छ। महाशाखाका प्रवक्ता प्र’हरी उपरीक्षक (एसपी) ईश्वर कार्कीका अनुसार घ’टना असोज १५ गतेको हो।

कैलाशले राति करिब ७ बजे जलविरे पुगेर घर फर्किन लागेकी ३२ वर्षीया महिलालाई मोटरसाइकलमा लिफ्ट दिएका थिए। त्यसदिन ती महिलाले पनि मापसे गरेकी थिइन्। कैलाशले ती महिलालाई घर नलगी जुगल-४ मान्जेस्थित एक जंगलमा लगेका थिए।

त्यहाँ उनले आफ्ना अरू तीन जना साथीहरूलाई पनि बोलाएका थिए। सो ठाउँमा ती महिलालाई चार जनाले ब’लात्कार गरेको सिन्धुपाल्चोकका प्र’हरी निरीक्षक (इन्स्पेक्टर) रामचन्द्र घिमिरेले बताए।

‘उनीहरूले जंगलमा लगेर ब’न्धक बनाई ब’लात्कार गरेपछि फेरि नजिकै पार्किङमा राखिएको बोलेरो गाडीमा लगेर पनि पटक/पटक सामूहिक ब’लात्कार गरे,’ आरोपीको भनाइ उ’दृत गर्दै उनले भने,’त्यसपछि गाडीमै छाडेर उनीहरू फरार भए।’

उनीहरूले ती महिलाले लगाएको गरगहना तथा १० हजार नगद लु’टपाट गरेको उनले बताए। भोलिपल्ट बिहानै ती महिला गाडीमा न’ग्न अवस्थामा थिइन्। उनी बिउँझिँदा आफू नग्न अवस्थामा पाएपछि आफू ब’लात्कृत भएको थाहा पाएकी थिइन्।

त्यसपछि उनले आफ्ना दाइमार्फत् प्र’हरीलाई खबर गरेको इन्स्पेक्टर घिमिरेले बताए। प्र’हरीले यस घ’टनामा दुई जनालाई पहिले नै प’क्राउ गरिसकेको छ।  गाडी चालक सिन्धुपाल्चोक जुगल-५ ढाडे बस्ने २३ वर्षीय सुन्दर भन्ने रन्जित श्रेष्ठ र २८ वर्षीय विकास सिलवाललाई प’क्राउ गरेको हो।

श्रेष्ठलाई प्र’हरीले असोज २० गते र सिलवाललाई १९ गते प’क्राउ गरेको थियो। उनीहरू अहिले पुर्पक्षका लागि थुनामा रहेको इन्स्पेक्टर घिमिरेले बताए। प्र’हरीले कैलाशमाथि थप अनुसन्धान अघि बढाएको छ। यस घटनामा संलग्न थप एक जनाको भने खोजी भइरहेको उनले बताए।

प्रतिक्रिया