लुगा धोएरै महिनामा लाखौ कमाउँछन् यी युवा, अनलाइन मार्केटिङबाटै तान्छन ग्राहक (भिडियो)

मनिषा थापा

पिएनपिखबर : काभ्रेका सुजन चौलागाईले विगत एक वर्ष देखि काठमाडौँको बौद्धस्थित ड्राई क्लिनर संचालन गर्दै आएका छन्। उनले लुगा धोएर महिनाको लाखौ कमाउने गर्दछन। आफ्नो यस व्यवसायबाट निकै सन्तुष्ट मिलेको उनी बताउँछन।

उनले १२ लाख लगानीबाट ‘ड्राई किल्नर’ व्यवसाय थालनी गरेका हुन्। उनले अनलाइनबाट मार्केटिङ गर्दै सेवाग्राहीलाई सेवा दिने गर्दछन। आफ्नो ‘स्मार्ट क्लिन’ अफिसियल फेसबुक पेजमार्फत ग्राहकहरु झनै बढ्दै गएको उनी बताउँछन्।

ग्राहकहरु पनि आफ्नो सेवाबाट निकै खुशी भएको उनको भनाई छ। उनले ५ केजीभन्दा माथिको कपडा धुने गर्नुको साथै डेलिभरी पनि गर्ने गरेका छन्।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू