लुटेरहरुबाट मालिकलाई जोगाउन कुकुरले आफ्नै टाउकोमा थापे चक्कु

रिता घिसिंग

पिएनपिखबर : सामाजिक संजालमा एक बहादुर कुकुरको कहानी भाइरल भैरहेको छ। घटना अफ्रीकाको हो। जहाँ ४० बर्षिय मालिकलाई बचाउनका लागि कुकुरले आफ्नै ज्यान धरापमा राखेका छन्।

मीडिया रिपोर्ट्सका अनुसार ४० बर्षिय गिनो वेन्सल आफ्नो पाल्तु कुकुरसंगै हिडिरहेका थिए। सोहिक्रममा धारिलो चक्कु बोकेका समुह आयो। वेन्सललाई लुट्ने लक्ष्यले उनिमाथि चक्कु प्रहार गर्छन तर कुकुरले आफ्नो टाउकोमा थप्छन। घायल अवस्थामा पनि कुकुर लुटेरहरुमाथि भुकिरहन्छन। तब लुटेरहरु डराएर त्यहाँबाट भाग्छन।रगतले लतपतिएका कुकुर जमिनमा ढल्छन्।

कुकुर बेहोस भइ जमिनमा ढलेपछि वेन्सल कुकुरलाई केहि भयो कि भनेर डराएका थिए। किनकी कुकुरको टाउकोमा ३ इन्च गहिराईसम्म चक्कु घुसेको थियो। उनले घायल कुकुरलाई अस्पताल पुर्याए।

डाक्टरहरुले सर्जरी गरि कुकुरको टाउकोमा रहेको चक्कु निकालेका छन्। डाक्टरका अनुसार चक्कु कुकुरको दिमाखदेखि केहि दुरीमा गडेको थियो। डाक्टरले कुकुरको बहादुरीको कहानी सुनेर उपचारको पैसा पनि लिएनन्।

प्रतिक्रिया