लुम्बिनीमा मन्त्री बनेका चार नेतालाई जसपाद्वारा राजिनामा दिन निर्देशन

admin

काठमाडौं, ६ बैशाख : लुम्बिनी प्रदेशमा मन्त्री बनेका ४ नेतालाई तत्काल राजिनामा दिन जनता समाजवादी पार्टी लुम्बिनीले निर्देशन दिएको छ । जसपाले मन्त्री पदको सपथ लिने चार नेतालाई निलम्बन गरी २४ घण्टे स्पष्टीकरण माग समेत गरेको छ ।

जसपा लुम्बिनी प्रदेश समितिका अध्यक्ष अशोक कुमार यादवले सोमबार साँझ विज्ञप्ति जारी गर्दै पार्टी निर्णय विपरित सरकारमा सहभाागी भएको भन्दै २४ घण्टे स्पष्टिकरण सोधिएको जनाएको छ । मन्त्री पदको सपथ लिएका विजयबहादुर यादव, सन्तोष पाण्डे, सुमन शर्मा रायमाझी र कल्पना पाण्डे लम्सालसँग स्पष्टीकरण माग गरेका हुन् ।

पार्टी निर्णय विपरीत सरकारमा सहभागी भएको भन्दै चारै जनालाई यथाशीघ्र सरकारबाट राजिनामा दिई चित्त बुझ्दो जवाफ पेश गर्न भन्दै स्पष्टिकरण नआएको खण्डमा सांसद पद नरहने गरि कारवाहीका लागि कानुनी प्रक्रिया अघि बढाइने चेतावनी दिइएको छ ।

प्रतिक्रिया