लुम्बिनी प्रदेशका मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता

admin

काठमाडौं, ६ बैशाख : लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्ताव आएको छ । सोमबार नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपाका सांसदहरुले मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका हुन् । नयाँ मुख्यमन्त्रीमा कुलप्रसाद केसीको नाम प्रस्ताव गरिएको छ ।

४१ सांसदको हस्ताक्षरसहित प्रदेशसभामा अविश्वास प्रस्ताव दर्ता गरिएको कांग्रेस प्रदेशसभा प्रमुख सचेतक ​फखरुदिन खानले बताएका छन् । लुम्बिनी प्रदेशसभामा ८७ सांसद रहेका छन् । जसमा सत्तारुढ नेकपा एमालेका ४१ सांसद छन् । बहुमतका लागि कम्तीमा ४३ सांसद आवश्यक पर्छ ।

यस्तै माओवादी केन्द्रले आफ्ना दुई सांसदमाथि कारवाही गरेको छ । प्रदेशसभामा माओवादी केन्द्रका सभामुखबाहेक १७, नेपाली कांग्रेसका २० र जसपा नेपालका ६ सांसद छन् । कर्णाली प्रदेशमा जस्तै लुम्बिनीमा फ्लोस क्रश हुने खतरा उत्तिकै रहेको छ ।

प्रतिक्रिया