लोकदोहोरीलाई दर्शकको नजर परिवर्तन भएको छ:डान्सर रुविना अधिकारी

पिएनपि खबर

काठमाडौं, १३ असार :

विश्व यतिबेला कोरोनाको त्रासले व्याप्त छ । नेपालमा पनि महामारी फैलिएको छ ।
नेपालको संगीत क्षेत्र पनि कोरोना अर्थात कोभिड १९ ले प्रत्यक्ष असर पारेको छ । स्टेज कार्यक्रममा व्यस्त हुने कलाकारलाई त झन ठुलो असर पारेको देखिन्छ । अहिले नेपाल लकडाउन खुकुलो भएसंगै नेपाली गीतहरू सार्वजनिक भएका छन । यस्तै मोडेल रूविना अधिकारी फिचर्ड तीज गीत सार्वजनिक भएको छ ।

मोडल एवं डान्सर रूविना अधिकारी भन्छिन;अहिले संसार लकडाउनमा जुधिरहेको छ । नेपाल पनि अहिले आएर खुकुलो भएता पनि काम गर्ने वातावरण बनेको छैन । मलाई यो वर्ष काम गर्न पाईएला जस्तो नै लागेको थिएन ।
फेसबुकहरूमा १ वर्ष अगाडि भनेर सुचना पठाईराख्दा अघिल्लो वर्ष त यसरी काम गरिएको थियो भनेर लागिरहेको थियो । कोरानाको कारण लकडाउन नभएको भए काम गर्न पाईन्थ्यो भन्ने यस वर्ष त गर्न नपाईने होकि भन्ने मनमा प्रश्न उठ्नु सायद स्वभाविक नै लाग्छ मलाई ? तर यो बिचमा पनि काम गर्न पाईयो धेरै नै खुसी लागेको छ । मैले त सोचेकै थिएन काम गर्न पाईएला भनेर, एउटा भिडियो सार्वजनिक भयो अब अरू भिडियो पनि सार्वजनिक हुने क्रममा छ केही भिडियो छाँयाकनको लागि तयारी हुँदै छ ।


कोरोना कहरको बिचमा काम गर्न डर लागेन ? जवाफमा रूविना भन्छिन;  लागिहाल्छ नि तर सधैं यसरी बस्न पनि सकिदैन अब हामीले सतर्कता अपनाएर काम गर्नुपर्छ । हामीले पनि र म स्वंयले पनि धेरै नै सतर्कता अपनाएर काम गरेका हौ ।


लामो समयपछि काम गर्न गर्दा गाह्रो महशुस गर्नुभयो ?
हैन गाह्रो त भएन तर सुरूमा टेक लिदा बिर्सिएको होकि जस्तो त लाग्या थियो तर १/२ स्टेप गर्दा सजिलो भईहाल्यो लामो समयपछि काम गर्दा झन उत्साह थपिएको छ,रमाइलो पनि लाग्यो ।

तपाईं आफुले सच्चाउनुपर्ने केही रहेछ ? 
रूविना भन्छिन् ; धेरै नै छ जस्तो मलाई लाग्छ । डान्सका स्टेपहरू अझै राम्रो गर्नसक्छु तर गरेको छैन रहेछु । ड्रेसहरू पनि अझै मलाई सुहाउँदो लगाउन सकेको छैन । अभिनय गर्दा जसरी वास्तविक आँशु आउनुपर्ने त्यो गर्न सकेको छैन धेरै नै आफुलाई सच्चाउन आवश्यक देखेकि छु ।

रूविनाको गुनासो छ ; हाम्रो ईन्डर्ट्रि सानो छ ।आफुले गर्न चाहेर पनि गर्न सकिरहेको छैन । भोलि सुटिङ हुन्छ आज फोन आउछ हतारहतारमा ड्रेस मिलाउन पर्छ । त्यो गीत संग मिल्ने कपाल बनाउन पर्यो,मेकअप मिलाउन पर्यो सबै गर्दा प्रेसर हुन्छ । जसको कारण पनि अभिनय र डान्सलाई भनेको जस्तो राम्रो गर्न सकिदैन ।

भर्खर त लोकदोहोरीलाई हेर्ने नजर परिवर्तन हुँदै छ अब केही राम्रो पक्कै हुनेछ । फेरि दर्शकले के रूचाउनुहुन्छ भन्ने नै थाहा पाउन सकिएको छैन । अडियो पनि राम्रो छ भिडियो पनि राम्रो लगानीमा बनेको हुन्छ तर दर्शकले रूचाउनुहुदैन । भाईरल प्रवृत्ति पनि छ । तरपनि लोकदोहोरी क्षेत्र अझै creative way मा लैजाउनुपर्छ । फेरि राम्रा भिडियो दर्शकले रूचाएको त पक्कै पनि हो ।


हालै सार्वजनिक ”व्रत बसेको” बोलको गीतमा मेलिना राईको आवाज रहेको छ । सुर्य न्यौपानेको शब्द/संगीतमा रहेको छ । काजिश श्रेष्ठको निर्देशन र कोरियोग्राफर रहेको गीतमा अर्जुन तिवारीको छाँयाकन एंव दिपक विष्टको सम्पादन रहेको छ ।
अन्जली अधिकारी,रूविना अधिकारी र आयुव केसीलाई फिचर्ड गरिएको छ ।

प्रतिक्रिया