वडाअध्यक्षको दादागिरी : हत्याको आशंका दबाउन पत्रकारमाथि निर्मम कुटपिट

मनिषा थापा

पिएनपिखबर : बनेपा नगरपालिका वडा नं. ६ स्थित बुडलमा कविता कार्की नामक महिला मृत अवस्थामा फेला परिन। मङ्सिर १२ गते आफ्नै घरको कौशीमा पासो लगाएको अवस्थामा  उनको शव फेला परेको थियो।

मृतकको शव पोस्टमार्टमको लागि टिचिङ्ग अस्पतालमा राखिएको छ भने उनको श्रीमानलाई प्रहरीले अनुसन्धानको लागि हिरासतमा राखेको छ। मृतक कविता कार्कीको माइतीपक्षले भने कबिताको आत्माहत्या नभई हत्या भएको आरोप लगाएका छन्। 

मृतकका परिवारले माइतीपक्षलाई खबर नै नगरी प्रहरीलाई बोलाउने देखि पोस्टमार्टमसम्म हत्तारहत्तार गर्न खोजेको र शवको प्रकृति हेरेपछि हत्या भएको आशंका माइतीपक्षको रहेको छ। माइतीपक्षले पोस्टमार्टमको लिखित रिपोर्ट नआएसम्म शव जलाउन नदिने भने पछि मृतक परिवार र माइतीपक्षबीच विवाद चुलिँदै गएको छ।

घटनाको सत्यतथ्य बुझ्न विहिबार पत्रकार सहित् माइतीपक्ष जाँदा बनेपा नगरपालिका वडा न ६ का वडाअध्यक्ष सचिन्दा केसीले पत्रकारमाथि दुर्व्यवहार गर्नुको साथै क्यामरा जफत गरेका थिए। उनको नेतृत्वमा भएको आक्रमणमा परि केहि पत्रकारलाई चोटपटक समेत्  लागेको थियो। त्यति मात्र नभई मृतक कविता कार्कीको माइतीपक्षका सागर खड्कालाई समेत् कुटपिट गरे र उनलाई उल्टै प्रहरीले पनि थुनामा राखेको जानकारी छ। 

यसै विषयमा बोल्दै घटनाका प्रत्यक्षदर्शी तथा माइती पक्षका सदस्य इन्द्र केसीले भने, ‘अध्यक्षले हत्याको आशंका दबाउन क्यामरा खोस्ने देखि केहि पत्रकार र माइतीपक्षमाथि कुटपिट गरे। उनले शुरुको दिन देखि नै माइतीपक्षलाई केस फिर्ता गर नत्र केहि कुरा हुन्न भन्दै आएका थिए।कविताकै बहिनीको श्रीमान सागर खड्कालाई समेत् उनले हेलमेट नै हेलमेटले हानेका थिए ।’

मृतक कविताका ससुराले वडाअध्यक्ष देखि स्थानीयलाई भेला गरी झडप गराएको केसीले बताए। शव जलाउनको लागि प्रहरीले नै दवाव दिएको कारण प्रहरीले पनि घटनालाई लुकाउने प्रयास गरेको देखिएको उनको आरोप छ।

मृतक कविताका दुई छोरी समेत् रहेका छन्। मृतकका परिवारले भने आत्महत्यालाई हत्याको आरोप लगाई माइतीपक्षले सम्पति मागेको आरोप लगाएका छन्। 

हेर्नुहोस भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू