वडाध्यक्षकी श्रीमतीसँग याैन सम्बन्ध राख्ने अधिकृत पक्राउ

admin

कञ्चनपुर, असोज २४ : जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने मालपोत कार्यालय बेलौरीका शाखा अधिकृत अर्काकी श्रीमतीसँग याैन सम्बन्ध राखेको आरोपमा पक्राउ परेका छन्। शाखा अधिकृत भोजराज ऐडी बेलौरी नगरपालिका–४ का वडाध्यक्ष अर्जुन ढकालकी श्रीमती सञ्जु शर्मासँग लामो समयदेखि अवैध सम्बन्ध राखेको आरोपमा पक्राउ परेका हुन्। सञ्जु ढकालका श्रीमान अर्जुन ढकालले इलाका प्रहरी कार्यालय बेलौरीमा उजुरी दिएपछि प्रहरीले उनीहरूलाई बुधबार हिरासतमा लिएको हो ।

प्रारम्भिक अनुसन्धानमा सोधपुछ गर्दा दुवैले आफूहरू बीच अवैध सम्बन्ध रहेको स्वीकार गरिसकेको प्रहरीले जनाएको छ। थप अनुसन्धानका लागि दुवैलाई जिल्ला प्रहरी कार्यालय महेन्द्रनगर लैजाने तयारी भइरहेको इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक रणबहादुर चन्दले बताउनुभयो।

अहिले दुवैजना इलाका प्रहरी कार्यालय बेलौरीको नियन्त्रणमा रहेका छन् । प्रहरीले उनीहरुलाई बुधबार नियन्त्रणमा राखेको थियो । शाखा अधिकृत भोज ऐडीको घरमा श्रीमती र एक छोरी तथा महिला सञ्जुका दुई छोरा रहेका छन् ।

शाखा अधिकृत ऐडिलाई केही साता अघि प्रकृया मिचेरै मन्त्री मगरले उपसचिवको दरबन्दी हुँदाहुँदै बेलौरी नगरपालिकामा प्रमुख कार्यकारी अधिकृतको सट्टामा सरुवा गरेको आरोप लागेको थियो । नगरपालिकामा कार्यरत उपसचिव तहका प्रमुख प्रशासकीय अधिकृतको सरुवा नहुँदै अर्को हाकिम ल्याइएको विवाद बढेपछि ऐडीको बैतडी सरुवा भएको थियो । जनता समाचारबाट साभार

प्रतिक्रिया