वडाध्यक्षमाथि हा’तपा’तः प्र’हरीले मु’द्दा दर्ता गर्न मानेनन्

राष्ट्रिय समाचार समिति

वीरगञ्ज : वडाध्यक्षलाई हा’तपा’त तथा कु’टपि’ट गरेको विषयमा प्र’हरीले जाहेरी दर्ता गर्न मानेको छैन् । बारा जिल्लाको सुवर्ण गाउँपालिका–५ का वडाध्यक्ष राम एकवाल साहलाई स्थानीय केही युवाले हा’तपात र कु’टपि’ट गरेको विषयमा जिल्ला प्र’हरी कार्यालय बारामा मु’द्दाको जाहेरी दिन जाँदा प्रहरीले मु’द्दा दर्ता गर्न नमानेको वडाध्यक्षको आरोप छ ।

भदौ १ गते अर्थात विश्वकर्मा पूजाको दिन सो गाउँपालिकाको वडा नं ५ ओरैया की एक १२ वर्षीया मुस्लिम बालिकालाई राति आठ बजेतिर स्थानीयवासी २५ वर्षीय शिवपुजन यादवले ब’लात्का’र गरेको विषयमा पी’डित बालिकाका बुबा मन्सेर मियाँले वडाध्यक्ष साहलाई सिफारिस लेखी दिन आग्रह गर्दा ब’लात्का’र जस्तो ज’घन्य अ’परा’धको सिफारिस गर्न मिल्दैन भनी जवाफ फर्काएपछि स्थानीय केही युवाहरुले उहाँलाई बैठकमै हा’तपा’त र कु’टपि’ट गरेका थिए ।

सो विषयलाई लिएर वडाध्यक्ष साहले स्थानीय तीन जना युवावि’रु’द्ध किटांनी जाहेरी दिन जिल्ला प्र’हरी कार्यालय बारामा जाँदा मु’द्दा दर्ता गर्न नमानेको पीडित वडाध्यक्षले साहले बताउनुभयो । वडाध्यक्ष साहलाई कु’टपि’ट भएको हो वा होइन, शरीरमा घाउ र कुनै चो’टप’टक नदेखिएकोले मुद्दा दर्ता हुन नसकेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्र’हरी नायव उपरीक्षक गौतम मिश्रले बताउनुभयो ।

यता ब’लात्का’रका अभियोग लागेका शिवपुजन यादव फरार रहेकाले उनको खोजी तथा घ’ट’नाको थप अनुसन्धान भइरहेको प्र’हरीले जनाएको छ । बलात्कारको घ’ट’नालाई लिएर वडाध्यक्ष साहमाथि हा’तपा’त तथा कु’टपि’ट गर्नु अ’परा’ध भएकाले यस सम्बन्धि मु’द्दा दर्ता नगरेर प्रहरीले अ’परा’धीलाई संरक्षण गरेको आरोप स्थानीय जनप्रतिनिधि किशोरीप्रसाद यादवको छ ।

बालिकाको ब’लात्का’र भएपनि नजिकै रहेको इलाका प्र’हरी कार्यालय कवही गोठलाई जानकारी नदिनु, वडाध्यक्षले सो घ’ट’नालाई रकमको प्रलोभनमा मिलाउन खोजेको भनी हात’पा’त गर्नु र तीन दिनपछि मात्र ब’लात्का’रको मु’द्दा बारा प्र’हरी कार्यालयमा दर्ता गर्नु आफैमा रहस्यपूर्ण रहेको स्थानीयवासीको भनाइ छ । रासस

प्रतिक्रिया