वडाध्यक्षलाई नै छुवाछुतकाे विभेद

admin

बर्दिया, १० असाेज : गुलरिया नगरपालिका ९ का हरिप्रसाद पासीले भोगेका छुवाछुतका घटना अनगिन्ती छन् । दुई वर्षअघि वडाध्यक्षमा निर्वाचित भएपछि भने उनले छुवाछुतबाट उन्मुक्ति पाइयो भन्ठानेका थिए । ‘तर सार्वजनिक स्थलको विभेदमा कमी आयो, घरमा छोइछिटो गरिरहेका छन्’, उनले सुनाए ।

वडाध्यक्ष पासीका अनुसार कथित उपल्लो जातीका घरमा पानी पिउनुपर्‍यो भने उनलाई छुट्टै गिलास दिइन्छ । ‘मधेसी समाजमा यस्तो भेदभाव बढी छ’, उनले भने, ‘वडाध्यक्ष भएपनि कथित उच्च जातिका व्यक्ति मसित राय सल्लाह गर्न आउँदैनन् ।’

बाध्यतावस वडाका काममा आउँछन् । ‘नमस्कार समेत फार्काउँदैनन्’, उनले भने, ‘राम्रोसँग बोल्नपनि बोल्दैनन् ।’ कान्तिपुर दैनिकले समाचार छापेकाे छ ।

प्रतिक्रिया