वडाध्यक्ष सहित १० जुवाडे प’क्राउ, ७० हजार बरामद

admin

धनगढीः बझाङमा वडाध्यक्ष सहित १० जना जु’वाडे प’क्राउ परेका छन् । जिल्लाको जयपृथ्वी नगरपालिका वडा नम्बर ४ बाट विशेष सूचनाका आधारमा जुवा खेलिरहेको अवस्थामा नगदर ७० हजार सहित १० जनालाई प’क्राउ गरिएको प्र’हरीले जनाएको छ ।

जिल्ला प्र’हरी कार्यालयका प्रमुख प्र’हरी नायब उपरीक्षक रुपक खड्काले ७० हजार ७ सय ३० रुपँैया सहित जयपृथ्वी नगरपालिका ४ का वडाध्यक्ष गगन खाती लगायतका जुवाडेलाई प’क्राउ गरिएको जानकारी दिए ।

दिपक बहादुर वड, शेर बहादुर खाती, लोकेन्द्र खाती, विक्रम खाती, कुम्भराज उपाध्याय, नरेन्द्रराज उपाध्याय, रतनलाल रताला, उमेसराज जोशी, सन्तोष जोशीलाई पनि जुवा खालबाट प’क्राउ गरिएको उनले बताए । उनीहरुलाई अहिले हिरासतमा राखेर अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया