वरिष्ठ अभिनेत्री सुभद्रा अधिकारीको दुखद निधन

शर्मिला गुरुङ

काठमाडौं, ३२ साउन : वरिष्ठ अभिनेत्री सुभद्रा अधिकारीको दुखद निधन भएको छ । केही वर्षदेखि दम रोगबाट ग्रसित अधिकारीको ७२ वर्षको उमेरमा आज शनिबार बिहान उनकै निवासमा निधन भएको हो।

काठमाडौँको असनमा जन्मेकी उनले ६ वर्षको कलिलै उमेरमा नेवारी नाटक ‘कचिमचा’ (काँचो माटो) बाट आफ्नो अभिनय यात्रा सुरु गरेकी थिइन् भने थुप्रै चर्चित नेपाली चलचित्रहरुमा उनले अभिनय गरेकी छिन।

उनका १ छोरा र छोरी छन् । अधिकारीको आजै अन्तिम अन्तेष्टी गरिनेछ ।

प्रतिक्रिया