वरिष्ठ गायक श्रेष्ठको स्वास्थ्यमा सुधार

admin

काठमाडौं, १६ जेठ : वरिष्ठ गायक दीप श्रेष्ठको स्वास्थ्यमा सुधार आएको छ । उनको स्वास्थ्य अवस्था सामान्य रहेको उपचारमा संलग्न डाक्टरलाई उदृत गर्दै चलचित्रकर्मी एवम् लेखक प्रकाश सायमीले बताएका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा सबैको प्रार्थना र कामनाले नेपाली सुगम सङ्गीतका धरोहर दीप श्रेष्ठको स्वास्थ्यमा सुधार आएको बताएका छन् । कोरोना भाइरसको संक्रमणपछि गायक श्रेष्ठको ह्याम्स अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया