वरिष्ठ हास्यकलाकार श्रेष्ठद्वारा रुकुम घ’टनाका पी’डित परिवारलाई ५ लाख हस्तान्तरण

admin

काठमाडौं, १५ साउन : रुकुमपश्चिमको सोती घ’टनाका मृ’तकको परिवारलाई कलाकारहरुले पाँच लाख आर्थिक सहयोग गरेका छन् ।

राजधानीमा आयोजित एक कार्यक्रममा वरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठले उक्त रकम जाजरकोटको भेरी नगरपालिकाका प्रमुख सिपी घर्तीलाई हस्तान्तरण गरेका हुन् ।

गत जेठ १० गते भएको घ’टनामा सोती निवासी सुष्मा मल्लसँग नवराज विश्वकर्माको अन्तर्रजातिय प्रेम सम्बन्ध भएको र विवाहका लागि साथीहरुसँग केटीको घरमा जाँदै गर्दा स्थानीयवासीको कु’ट’पि’ट’मा मृ’त्यु भएको थियो ।

मृ’तक नवराजको श’व भेरी नदीमा भेटिएको थियो । नवराजसँगै केटीको घरमा गएका अन्य पाँच जनाको पनि मृ’त्यु भएको थियो ।

सो घ’टनाका प्रत्येक मृ’तकको परिवारलाई परिवारलाई ५० हजारका दरले तीन लाख वितरण गरिने छ भने प्रत्येक घाइतेलाई दश हजारको दरले १२ जनालाई प्रदान गरिनेछ ।

रकम अष्ट्रेलिया, अमेरिका लगायत देशबाट गायक यस कुमारको पहलमा संकलन भएको वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया