वरुण धवन पहिलोपटक एक्सन फिल्ममा

admin

काठमाडौं, २९ असार : बलिवुड अभिनेता वरुण धवन एक वर्षयता केही निर्देशकसँग भेटघाट गरिरहेका छन् । उनको पछिल्ला केही फिल्मले बक्सअफिसमा खासै कमाल गर्न सकेन । फिल्म बक्सअफिसमा असफल हुन थालेपछि उनी सोचेर र सम्झेर फिल्म साइन गरिररहेका छन् । उनी स्क्रिप्ट पढ्न समय दिइरहेका छन् ।

वरुण निर्देशक मोहित सूरीको नयाँ फिल्ममा काम गर्ने तयारी गरिरहेका छन् । मोहित हाल फिल्म ‘एक भिलेन रिटर्नस’ बनाउन व्यस्त छन् । मोहित एक्सन प्याक प्रेमकथाको फिल्म बनाउन प्रख्यात छन् । त्यहीकारण हालसम्म फिल्ममा चकलेटी ब्वाइको पहिचान बनाइरहेका वरुणलाई पहिलोपटक एक्सन भूमिकामा देखाउन मोहित लालयित छन् ।

‘मोहितको काम वरुणले निकै मनपराएका छन । मोहितले आफ्नो फिल्मको आधारभूत अवधारणा वरुणलाई सुनाइसकेका छन् । जुन अवधारणा वरुणले मनपराएका छन् । कोरोना महामारी पछि वरुण काममा निकै चुजी भएका छन् । फिल्मको हाल स्क्रिप्ट चरणमा भएकाले यो काम सकिएपछि उनीहरु छलफल गर्नेछन्’, फिल्म निकट स्रोतले भनेको छ ।

प्रतिक्रिया