वर्तमान सरकार संविधानअनुसार चल्न सकेको छैन : नेता सिटौला

राष्ट्रिय समाचार समिति

इनरुवा, २४ भदौ: नेपाली काङ्ग्रेसका नेता कृष्णप्रसाद सिटौलाले अहिलेको वर्तमान सरकार संविधानअनुसार चल्न नसकेको अरोप लगाउनुभएको छ । सुनसरी सदरमुकाम इनरुवामा नेपाली काङ्ग्रेसको दोस्रो चरणको जागरण अभियान कार्यक्रममा नेता सिटौलाले सो कुरा बताउनुभएको हो ।

उहाँले अहिलेको सरकारले मानवअधिकार आयोग, लोकसेवा आयोग, न्ययापालिका, प्रहरी प्रशासन सबै आफ्नो नियन्त्रणमा राख्न खोजेको अरोप लगाउनुभयो । उहाँले अहिलेको सरकारले कानूनसम्मत कर्मचारी र प्रहरी प्रशासनको सरुवा, बढुवा गर्न नसकेको आरोप लगाउनुभयो ।

प्रतिक्रिया