वसन्तपुरमा चीर ठड्याइएसँगै होली पर्व सुरु

admin

काठमाडौं, ८ चैत्र : काठमाडौंको हनुमानढोका वसन्तपुरमा चीर ठड्याइएसँगै यो वर्षको होली पर्व सुरु भएको छ। आइतबार बिहान ८ बजे २६ मिनेटको साइतमा वसन्तपुरमा विधिवत् चीर ठड्याइएको हो ।

प्रत्येक वर्ष फागुनशुक्ल अष्टमीका दिन विभिन्न रङ्गका कपडाका ध्वजापतकासहित सजाइएको बाँसको तीन खण्डे चीर ठड्याएपछि होली पर्व सुरु भएको मानिन्छ । चीर ठड्याइएसँगै स्थानीयहरूले हर्ष बढाइँका साथ अबिर दलेर खुसी मनाएका छन् ।

तीन तले चीरलाई फागुनशुक्ल पूर्णिमाको राति टुँडिखेलमा लगेर जलाएपछि होली पर्व सकिएको मानिन्छ । यस वर्षको होली काठमाडौंलगायत पहाडी जिल्लाहरूमा चैत १५ र तराई-मधेशका जिल्लाहरूमा चैत १६ मा परेको छ । सरकारले होली पर्व मनाउन सार्वजनिक बिदा दिँदै आएको छ ।

प्रतिक्रिया