‘वाइड बडी’ भ्रष्टाचार काण्डमा अदालतले उन्मुक्ती दिए अन्तराष्ट्रिय अदालत जाने : ज्ञानेन्द्र शाही (भिडियो)

मनिषा थापा

पिएनपिखबर : युवा तथा अर्थ विश्लेषक ज्ञानेन्द्र शाही हालै ‘नेपालको लागि नेपाली’ भन्ने अभियान र भ्रष्टाचारको विरुद्धमा नागरिक आयोगको गठन गर्ने कार्यमा लागि परेका छन्। उनी नेपालको अर्थतन्त्र, सरकारको गतिविधि, भ्रष्टाचारविरुद्ध बोल्दै आएका छन्।

‘वाइड बडी’ विमान खरिद गर्दा ब्यापक भ्रष्टाचार भएको चर्चा केही समयअघि देखि नै चल्दै आएको छ । यसै विषयमा बोल्दै उनले भने, ”सरकारी पैसालाई हिनामिना गरेर देशमा भ्रष्टचारी र उदण्डता मच्चाउने खेल बन्यो वायु सेवा निगम। राजनीतक दलको निगम एक आयस्रोत भएको छ । निगमलाई घाँस हालेर दुहुने गाई बनाइयो।” उनले थपे, ”राजनीतिक दललाई चुनावको लागि पैसा जति चाहे त्यो सब निगमबाटै हिनामिना गरियो। यी सब हिसाबकिताबलाई ढाकछोप गर्ने काम भईरहेको छ।”

सबैभन्दा बढी पैसा भएको ठाउँ वायु सेवा निगम भएकाले त्यहि बढी भ्रष्टाचार भईरहेको उनले जनाए। कारबाहीका लागि आयोग माथि आयोगमात्रै गठन भयो तर उचित न्याय नभएको उनले गुनासो गरेका छन्। नेपालमा प्रजातन्त्रमा प्रजा मात्रै हट्यो तन्त्र हट्न सकेन तन्त्र जस्ताको तस्तै रहेको उनको भनाई छ। उनले कानुन विपरित गएर सरकारी कर्मचारीहरुले भ्रष्टचार गरिरहेको बताए। उनले सर्वोच्च अदालतममा पनि भ्रष्टचार व्यपाक भईरहेको बताए।

अदालतमा रहने व्यक्तिहरु नै भ्रष्टचारी भएको उनको आरोप छ। उनी भन्छन, ”भ्रष्टाचारका सबै प्रमाण हामीसँग छन्। यी प्रमाणका आधारमा यी दोषी हुन्छन। समानिय न्यायाधिशले दोषी करार गरेनन् भने उनी माथि पनि हामी मुद्दा हाल्छौ। अब हामी चुप लागेर बस्दैनौ।” बाँकी हेर्नुहोस भिडियोमा :

प्रतिक्रिया