वाग्मती प्रदेशको बजेट अधिवेशन १२ गते

राष्ट्रिय समाचार समिति

हेटौंडा, ६ जेठ : वाग्मती प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंले वाग्मती प्रदेश सरकारले सिफारिस गरेबमोजिम प्रदेशसभाको छैटाँै तथा बजेट अधिवेशन यही जेठ १२ गते सोमबार दिनको २ बजे बजेट अधिवेशन आह्वान गर्नुभएको छ ।

वाग्मती प्रदेश सरकारबाट प्रदेशसभाको बजेट अधिवेशनका लागि आज सिफारिस आएपछि प्रदेश प्रमुख प्रसाईंले संविधानअनुसार अधिवेशन आह्वान गर्नुभएको प्रदेश प्रमुख सचिवालयका कानून अधिकृत राजेशकुमार तामाङले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया