वाग्मती प्रदेशसभाको बैठक असार २९ गते बस्ने

राष्ट्रिय समाचार समिति

हेटौँडा, २५ असार : वाग्मती प्रदेशसभाको बैठक यही असार २९ गते बस्दैछ । प्रदेश सरकारले यही असार १९ गते आर्थिक वर्ष २०७७÷७८ का लागि विनियोजित बजेट र आर्थिक विधेयक प्रस्तुत भई पारित गरिसकेपछि अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको प्रदेशसभाको बैठक यही असार २९ गते दिनको २ बजे बस्ने प्रदेशसभा सचिवालयले जनाएको छ ।

बैठकमा विभिन्न चार वटा विधेयक पूर्ण छलफलका लागि प्रस्ताव टेबुल हुने प्रदेशसभा सचिवालयका प्रवक्ता विनोद अमात्यले जानकारी दिनुभयो ।

प्रतिक्रिया