वामपन्थी शक्तिहरू एक होऔँ : दाहाल

admin

काठमाडौं, ९ बैशाख : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्पूर्ण कम्युनिस्ट र वामपन्थी शक्तिहरूलाई एकताबद्ध हुँदै प्रतिगमनविरुद्धको अभियानमा लामबद्ध हुन अपिल गरेका छन् । नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै दाहालले एकताबद्ध हुन आग्रह गरेका हुन् ।

शुभकामना व्यक्त गर्दै दाहालले मुक्तिकामी आन्दोलनमा शहादत प्राप्त गर्ने शहीदमा श्रद्धाञ्जली, बेपत्ता योद्धाहरूमा सम्मान र घाइते योद्धाहरूमा स्वास्थ्य लाभको कामना गरेका छन् । उनले नेपाली कम्युनिस्ट आन्दोलन २००६ सालदेखि वर्ग सङ्घर्ष र वैचारिक सङ्घर्षको आरोह-अवरोह पार गर्दै यहाँसम्म आइपुगेको बताए ।

दाहालले लेनिनको जन्म दिन पारेर स्थापना भएको नेपाल कम्युनिस्ट पार्टी आन्तरिक पार्टी जीवनका विभिन्न प्रवृत्तिविरुद्ध लड्दै र खारिँदै सिङ्गो देशलाई नै समाजवादको लक्ष्यमा लामबद्ध गराउन सक्षम साबित भएको पनि बताएका छन् । तत्कालीन सोभियत सङ्घलाई एकताबद्ध गर्न लेनिनले खेलेको भूमिका नेपालको सन्दर्भमा प्रेरणाको स्रोत बन्न सक्ने उनको भनाइ छ ।

प्रतिक्रिया