विदेशबाट चन्द्रागिरिमा आएका व्यक्तिको विवरण सङ्कलन गरिने

admin

काठमाडौं, १२ चैत : चन्द्रागिरि नगरपालिकाले विदेशबाट आएका व्यक्तिको विवरण सङ्कलन गर्ने भएको छ । विश्वमा फैँलदै गएको कोभिड-१९को नेपालमा सम्भावित सङ्क्रमणलाई मध्यनजर गर्दै टोखाले तत्काल विदेशबाट आएका व्यक्तिको विवरण सङ्कलन गर्न लागेको हो ।

टोखा नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले विदेशबाट भर्खरै आएका व्यक्तिबाट कोरोना सङ्क्रमण सर्न सक्ने भन्दै सबै वडाले आ-आफ्नो वडामा विदेशबाट आएका व्यक्तिको विवरण सङ्कलन गर्न लागेको जानकारी दिए ।

“विदेशबाट आएका व्यक्तिलाई कम्तीमा १४ दिन घरमा क्वारेन्टाइनमा रहनका लागि अनुरोध गर्न लागेका छौँ”, उनले भने। चन्द्रागिरिले विदेशबाट फर्केको व्यक्तिको नाम, फर्किएको देशको नाम, स्वदेश फर्केको मिति र सम्पर्क नम्बर माग गरेको छ ।

काठमाडौं प्रवेशको मुख्यद्वारमा रहेको चन्द्रागिरिमा १५ वडा छन् । उक्त नगरपालिका वाग्मती प्रदेशकै सबैभन्दा ठूलो नगरपालिका हो । सरकारले चैत ११ गते बिहानदेखि चैत १८ गते साँझसम्म देशैभरि ‘लकडाउन’ गरेपछि चन्द्रागिरि नगरपालिकाले पनि आफ्ना नगरवासीलाई घरभित्र बस्न माइकिङ गर्ने भएको छ ।

प्रतिक्रिया