विदेशमा कोरोनाबाट २६५ नेपालीको ज्यान गयो, ३९ हजारमा संक्रमण पुष्टि

admin

काठमाडौं, ११ असोज : कोरोना भाइरस (कोभिड-१९) को कारण गएको साता विदेशमा रहेका थप २१ नेपालीको ज्यान गएको छ । गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका अनुसार कुवेतमा ५ जना, साउदी अरबमा १४ जना, यूएईमा १ जना, युगान्डामा १ जना गरी गएको साता मात्रै थप २१ जना नेपालीको कोरोनाबाट ज्यान गएको पुष्टि भएको हो ।

शनिबार साँझसम्म १७ देशमा रहेका २ सय ६५ जना नेपालीको कोरोना संक्रमणबाट ज्यान गएको स्वास्थ्य समितिले जनाएको छ । गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिले सङ्कलन गरेको तथ्याँक अनुसार शनिबार साँझसम्म ४२ देशमा रहेका ३८ हजार ८ सय ४८ जना नेपालीमा कोरोना पुष्टि भएको छ ।

तीमध्ये ३५ हजार ७८ जना कोरोनाबाट निको भएका छन् । यो कुल संक्रमितमध्ये ९२ प्रतिशत हो । समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार गएको साता पोर्चुगल, बेलायत, साउदी अरब, कुवेत, यूएई र अमेरिकामा रहेका थप नेपालीमा कोरोना संक्रमण देखिएको हो ।

प्रतिक्रिया