विदेशमा ९३ प्रतिशत नेपाली कोरोनामुक्त

admin

काठमाडौं, ११ साउन : विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमणका कारण विदेशमा यस साता थप एक नेपालीको निधन भएको छ ।

गैरआवासीय नेपाली सङ्घ, स्वास्थ्य समितिकाअनुसार यस हप्ता संयुक्त अधिराज्यमा एक जनाको निधन भएको हो ।

यससँगै शनिबार साँझसम्म विदेशमा कोरोना संक्रमणका कारण निधन हुने नेपालीको संख्या १६१ पुगेको समितिका संयोजक डा. सञ्जीव सापकोटाले जानकारी दिए ।

समितिका अनुसार ३६ मुलुकमा रहेका कूल ३१ हजार १५० संक्रमित नेपालीमध्ये २९ हजार २४३ जना अर्थात् ९३ प्रतिशतभन्दा बढी कोरोना संक्रमणमुक्त भएका छन् ।

अघिल्लो साता अफ्रिकी मुलुकमा कोरोनाबाट संक्रमित नेपालीमध्ये अधिकांश संक्रमणमुक्त भए पनि यस साता त्यहाँ संक्रमणदर केही बढेको सङ्घले जनाएको छ ।

यसैगरी संयुक्त अरब इमिरेट्स, कतार, कुवेत र साउदी अरबमा रहेका नेपालीमा पनि यस साता संक्रमण बढेको छ । समितिले सार्वजनिकस्थलमा जाँदा र सवारी साधन प्रयोगका क्रममा अपनाउनुपर्ने स्वास्थ्य मापदण्ड सम्बन्धमा विशेष मार्गदर्शनसमेत तयार पारेको छ ।

समितिले सार्वजनिकस्थलमा जाँदा अनिवार्य रुपमा मास्कको प्रयोग गर्नसमेत सुझाएको छ ।

प्रतिक्रिया